
Original title: हरिबहादुरको जुत्ता
2025RomanticComedySocial2h 20m
Directed by Dipendra Khanal
कथा सारांश रमेश, कुसुम, सुमन, सलिना राधा र भिमबहादुर भएको एउटा परिवार छ । रमेश कृषि गरेर आफ्नो जिविका चलाईरहेको छ र उ गाउँमा नै बसेर केहि गर्न चाहन्छ । उसको श्रीमती कुसुम सिलाइ बुनाईको काम गरेर परिवारको लागि सानो आयआर्जनको बाटोमा सघाइरहेकी छिन् । उनीहरुको छोरा सुमन भर्खर १०-१२ बर्षको भयो उ स्कूल पढिरहेको छ । सुमन सानै उमेर देखि नै आस्थामाको रोगबाट पिडित भएकोले उसलाई औसधि लिइराखु पर्ने समस्या छ । सलिना अहिले कलेजमा पढिरहेकी छिन्। भिमबहादुरको बेला बेलामा रक्सि खाएर मातिने बानीले राधा हैरान छिन् र उनको जिबन एक किसिमले दुखमई बन्न पुगेको छ । सुदेश, रमेशको मिल्ने साथीले ओडा कार्यालयमा आएको कृषि फर्म अनुदानमा आफ्नो दरखास्त राखेको छ तर वडा अध्यक्षले अनुदानमा हिनामिना गरेर आफ्नो कार्यकर्तालाइ नै अनुदान मिलाइदिन्छन् । अनुदान आफुलाई नपरेको थाहा पाएपछि हार मान्दै सुदेश विदेश जाने निर्णय गरि बुझ्नको लागि बजार जान्छ। रमेश घरबाट सुमनलाइ बिद्यालय पनि पुर्याउने र सुदेश संग कृषि फर्म अनुदानको बारेमा बुझ्न भनेर निस्किएको हुन्छ । रमेशले पनि सुदेशको घर पुगेपछि थाहा पाउछ र निराश भएर चिया पसलमा बसेको बेला कुसुमलाइ वडा अध्यक्षको छोरोको टोलिले नराम्रो व्यबहार गरेको कारण उनीहरुसंग झगडा पर्छ। कुसुमले उनिहरुलाई छुट्याउछिन् र उनि आफ्नो काम तर्फ जान्छिन् । सुदेश र रमेशले सल्लाह गर्छन र दुवै संगै विदेश जाने निर्णय गर्छन्। रमेश कुसुमलाई मनाऊछ र घर सल्लाह गरि पैसाको जोहो गर्न गाउँ चाहार्न थाल्छ । सुमन फेरी बिमारी भएर केहि दिन अस्पतालमा राख्नु पर्ने हुन्छ र केहि जम्मा भएको पैसा पनि सिदिन्छ । भिमबहादुर रक्सि खाएर लडेको कारण उनको सरिरमा पनि चोट लागेको हुन्छ जस्को कारणले गर्दा उनीहरुको अझै पैसा सीधीन्छ । विदेश जानको लागि जसरि भए पनि पैसा चाहिएकोले रमेश वडा अधक्ष्यकोमा जान बाध्य हुन्छ । उसले त्यहाँ आफ्नो घरको लालपुर्जा राखेर ऋण निकाल्छ । रमेश र सुदेश विदेश जान्छन् । कुसुमले काम गरिरहेको सिलाइ कारखाना बन्द हुन्छ जसको कारणले गर्दा उनले आफ्नै घरमा सिलाइ मेसिन राखेर काम गर्न थालिछन् । सलिना आफ्नो साथिहरुको नराम्रो संगतलको कारणले गर्दा बिसतारै परिवर्तन हुँदै गइरहेकी छिन् र उसको परिवारमा आमा, कुसुमसँग बारम्बार झगडा परिरहेको छ । कुसुम र सलिनाबिचको मनमुटाब बिस्तारै बढिरहेको छ त्यहि बेलामा उता विदेशबाट रमेश कु