
Original title: सोल्टिनी
2025Romantic2h 23m
Directed by Arjun Subedi
एक युवक जो आफ्नो धेरै प्रिय प्रेमीकाले धोका दिएको वियोगमा उसको मनमा उठेका भाबना अरुलाई सुनाउदै छ। युवक - आज साईग्रेषले कुन 'टपिक' मा स्टोरी भन्दै छ भनेर सोच्नुभएको होला है? आज म मेरो लभस्टोरी भन्दै छु । हो, मेरो आफ्नै लभस्टोरी। हेर्न स् त लभस्टोरी भन्नेबित्तिकै तपाईहरू सबैको अनुहारमा कस्तो l आएको? हो यस्तै हो, लभको कुरा आउनेबित्तिकै सबैलाई उस्तै हुन्छ। मलाई पनि त्यस्तै भयो। Bachelor First Year की पहिलो दिन थियो। त्यही कलेजमा म 2 पढेर हामी आफूलाई पुराना सिनिएर सम्झिन्थ्यौँ र Bachelor First Jar मा नै अरू कलेजबाट आएका स्टुडेन्टहरूलाई हामी जुनिएर ठान्थ्यौँ। कलेज ब्रेकमा क्यान्टिनमा पारससँग थिएँ म, एक्कासि हल्ला आयो, 'यत्रो जाबो समोसाको पनि १० रुपियाँ? अनि पानी हो कि तरकारी हो कति पातलो ?" मैले अनुहार भने देखेको चिइन, तर पछाडिबाट लामो स्ट्रेट कपाल अनि झुम्का हल्लिने गरी एउटी केटी क्यान्टिनको सानो भाइलाई थर्काउँदै थिई। केही सिप नलागेर क्यान्टिनको साहुनी आएर भैगो बहिनी भन्दै त्यही पैसामा अर्को एउटा समोसा थपेर पठाइदिई। "बिरगन्जको टपर रहिछे, म्युजिक अप्सनल लिएर सेक्सन 'ए' मा पढ्छे। एक्ली छोरी, एउटा दाइ छ। नाम अनन्या हो।" पारसले मैले सोध्नुअगाडि नै जन्मकुण्डली, चिना, ग्रह, नक्षत्र सबै निकाल्यो। यति भयङ्कर हुन्छ कलेजका केटाहरूको रिसर्च। यिनीहरूलाई पुलिस वा सिआइबीमा राखिदिनुपर्थ्यो एक सब एक अपराध पत्ता 'म... म साईगोरे, आई मिन साईग्रेष मैले नर्भस हुँदै भनें। मजस्तो कन्फिडेन्ट मान्छे पनि त्यो उसको फ्रेसनेसमा नर्भस भएछु। धन्न उसले मेरो नर्भसनेस वास्ता गरिन कि सायद अनि भनी, "बस्तो नि समोसा हुन्छ साईग्रेष हेर न चिजबल जत्रो छ अनि दश रुपियाँ रे। उम्न खोज्ने अनि तरकारी हो की पानी? कति पातलो।" "हो त न िकति सानो समोसा !' मैले झुक्किएर उसको बोलीमा होमा हो मिलाउँदै ३ वर्षदेखा मेरो प्यारो रहेको क्यान्टिनको दाइलाई नराम्रो बनाए। त्यसरी भयो हाम्रो पहिलो भेट! "ओइ क्लास चेन्ज गरौं न? यो इकोनोमिक्सभन्दा त म्युजिक ठिक छ यार। यो हिसाबकिताबभन्दा हेर त सङ्गीत कति मजाको हुन्छ" भनेर उक्साउँदै थियो पारस मलाई। मलाई थाहा थियो न त त्यसलाई म्युजिकमा नै चासो छ न त गानावजानामा। त्यसलाई अनन्या पढ्ने सेक्सन 'ए' मा जानु मात्र थियो। हामी पुरानी स्टुडेन्ट भएर पनि हाम्रो चल्थ्यो कलेज एड्मिनमा। अनि 'हुन्छ' भनेर हा