
Original title: सारंग
2025Social2h 0m
Directed by Prasanta Tamang
एक सम्पन्न परिवारको छोरा (वर्ष १०), जसको आमा बाबा डिर्भोसको स्थितीमा छ, जसले गर्दा ऊ (दर्पण) मान्सिक दवाव महसुस गरि रहेको हुन्छ। उसलाई आमा बाबा छुटीने डरले सताइ रहन्छ। एक दिन उसले आफनो उमेरको तराई मुलको एक बालक (बचन) बजारमा बासुरी बेच्दै गरेको देख्छ। दर्पण उसलाई हेरेर उसको संगीतमा मग्न हुन्छ र आफनो डाइवरलाई बास्री किन्न लगाउँछ। दर्पण हरेक दिन त्यही बाटो हुदै स्कुल जादा बासुरी किन्ने गर्छ तर उसलाई बजाउन आउदैन, दर्पण Youtube बाट पनि सिक्ने प्रयास गर्छ तर सक्दैन। एक दिन उसले बचनलाई उसको घरको पछडीको चौर मा देख्छ, दर्पणले बचन सगँ बासुरी बजाउन सिक्छ र दर्पणले बचनलाई पढन सिकाउँछ। अन्तमा एउटा ठूलो कार्यक्रममा दर्पणले बासुरी बजाउछ र उसले जितेको उपहार बचनलाई समपीत गर्छ, बचन पनि त्यो ठूलो मन्चमा English मा भाषण दिएर दर्पणलाई खुशि बनाउछ र उनीहरुको मित्रताको कारण दर्पणको आमा र बाबा को पनि मिलन हुन्छ र कथा सकिन्छ।
No updates yet