Skip to content
BETA 1.0
Sign in
Masterni
Movie

Masterni

Original title: मास्टर्नी

2026RomanticSocial

Directed by Priyanka Karki

मास्टर्नी (MASTERNI) एकल आमा, पेशाले मास्टर्नी र नेपाल प्रशासन सेवा (NAS) उत्तीर्ण गरेकी एक सक्षम महिला, आफ्नी छोरी अकिताको जीवन एक्कासि उल्टिएको देख्छिन् जब अंकिताकी नजिककी साथी तान्या जसले उसप्रति एकतर्फी रोमान्टिक भावना लुकाएर राखेकी हुन्छिन् - अंकितामाथि जबर्जस्ती गर्ने प्रयास गर्छिन्। आफूलाई जोगाउन र टाढा धकेल्न खोज्दा अंकिताले तान्यालाई धक्का दिन्छिन्, तर दुर्भाग्यवश त्यो लडाइँ तान्याको मृत्युमा परिणत हुन्छ। जब आमाले सत्य थाहा पाउँछिन्, उनी तुरुन्तै बुझ्छिन् कि उनकी छोरीको कुनै दुष्ट मनसाय थिएन - त्यो केवल एउटा दुःखद दुर्घटना थियो। तर अवस्था अझै भयावह बन्छ जब उनीहरू थाहा पाउँछन् कि तान्या एक शक्तिशाली र प्रभावशाली राजनीतिज्ञकी छोरी हुन्‌। अब यो केवल कानुनी मुद्दा मात्र रहँदैन; यो शक्ति, प्रभाव र राजनीतिक दबाबको खेल बन्छ। छोरीलाई बचाउन आमा अत्यन्ते सोचविचार गरेर बनाइएको र जोखिमपूर्ण योजना बनाउँछिन्। उनी तान्याको शव आफ्नै घरको पछाडिको आँगनमा गाड्ड्छिन्। त्यसपछि तान्याको मोबाइल लिएर काठमाडौंबाट पोखरा उड्‌ड्छिन् र त्यहाँबाट नजिकैको गाउँ गोपालपुरमा फोन स्विच अन गर्छिन्, ताकि लोकेसन डाटाले तान्या त्यहाँ पुगेको र सम्भवतः त्यहाँ कुनै घटना भएको भ्रम सिर्जना गरोस्। त्यसपछि उनी तान्याको स्कुटी काठमाडौँ नजिकैको एउटा पोखरीमा फ्याँकिदिन्छिन्, जसले प्रहरी अनुसन्धानलाई अझै अल्मल्याउँछ र झुटो सुराकीलाई बलियो बनाउँछ। यसरी प्रहरी, मिडिया र तान्याका शक्तिशाली बुबा सबै गलत दिशामा मोडिन्छन्। चलचित्र एक तीव्र 'क्याट एन्ड माउस' थ्रिलरका रूपमा अघि बढ्छ, जहाँ एक सामान्य आमा आफ्नो बुद्धिमत्ता, साहस र परिस्थितिको रणनीतिक प्रयोगमार्फत प्रणालीलाई नै छक्याउन खोज्छिन्। कथाको मूलमा परिवार, नैतिकता र एउटा गहिरो प्रश्न छ की आफ्नो सन्तानलाई जोगाउन आमा कति हद सम्म जान सक्छिन्? र के कहिलेकाहीँ परिवारप्रतिको प्रेमले सत्यभन्दा पनि ठूलो रूप लिन सक्छ? "AYANKA FILMS PVT. LTD." को निर्माण र प्रियंका कार्कीको निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र "माम्टनी (MASTERNI)" मा मेरो लेखन (पटकथा र सवांद) रहेको छ। मेरो लेखनमा उक्त चलचित्र "AYANKA FILMS PVT. LTD." द्वारा निर्माण हुन लागेकोमा मेरो स्विकृती रहेको छ।

Reviews

daOmniverse Rating

—

Needs 1+ ratings to show a score

  • 9–10—0 ratings between 9 and 10
  • 7–8—0 ratings between 7 and 8
  • 5–6—0 ratings between 5 and 6
  • 3–4—0 ratings between 3 and 4
  • 1–2—0 ratings between 1 and 2

No reviews yet. Be the first to share what you thought.