
Maijharo
Original title: मैझारो
2025Romantic2h 22m
Directed by Wilson Bikram Rai
इलाम जिल्लाको सुन्दर ठाउँ पानिटार नजिकै एउटा साखेमुँड भन्ने गाउँ रहेको छ । चियाको लागि प्रसिद्ध इलामको चिया बगानको सुन्दरताको लागि साखेभँडको चिया बगानले पनि टेवा पुर्याएकोछ । साखेभुंडको सबै भन्दा ठुलो चिया बगान त्यस गाउँको रणध्वज बान्तावा उर्फ क्यापटेनको रहेको छ । रणध्वज भुत पूर्व इन्डियन आर्मीको क्यापटेन भएर पेन्शन भएपछि जागिर छाडेकाले सबैजनाले रणध्वजलाई गाउँमा पनि क्यापटेन नै भनेर बोलाउने गर्छन् । क्याप्टेनको बुवा विरध्वजले गाउँमा एउटा चिया कम्पनि स्थापना गरेको हुन्छ। सयौं विगाहामा अबस्थित चिया बगान साँखेझुङ्गको सवैभन्दा ठूलो चिया बगानको रुपमा परिचित हुन्छ । त्यस चिया बगानमा छेउछाउको दशौं गाउँका कामदारहरुले काम गर्ने गर्छन् । विरध्वजकै पालामा देशमा जग्गा हदबन्दि सम्बन्धि नियम आएपछि धुर्त विरध्वजले सरकारले जग्गा कब्जा नगरोस भनेर आफनै बगानमा काम गर्ने सयौं कामदारको नाममा आफनो चिया बगानको जग्गा बॉडि दिएका हुन्छन् र जग्गा दिएका कामदारहरुलाई बगानमा काम गरेको पैसा कटाउँदै जान्छ। विरध्वजले आफनो बगानमा छेउमा एउटा बस्ती नै बसाउँछ । विरध्वजको मरोणो परान्त त्यस बगानको सबै हर्ताकर्ता क्याप्टेन आफै हुन्छ । क्याप्टेनको बुबा विरध्वजले त्यसवेला हदबन्दिको कारण सयौं कामदारहरुलाई दिएको बगान छेउको जग्गामा बस्ति बसाएको र काम गर्नेहरुलाई मोहयानि स्वरुप जग्गा बाँडेको छ क्यापटेनलाई मन पर्दैन । लोभि र आडम्बरमा वाँच्न चाहने क्यापटेन आफनो घरको नाम क्यापटेन दरवार र डाँडाको नाम पनि आफनै नामबाट क्यापटेन दरवार राखेको हुन्छ । ज्यापटेनको चिया बगानको सबै भन्दा भरोसा लायक, सहयोगि वा सेवक हुन्छ विचरी उर्फ बुद्धि चाम्लिङ्ग राई, विचरीले विरध्वजकै पाला देखि बगानको मानिस देखि कुकुरसम्म र दाना देखि खानासम्मसबैको हिसाव किताव गर्ने मुन्सिको रुपमा काम गर्दै आईरहेको हुन्छ । विचरीलाई बेला बेला अप्ठ्यारोमा पार्ने काम क्यापटेनको छोरि सिम्माले गरिरहेको हुन् साहुरे र बाजरे सिम्मा जिउ ज्यानले खाइलाग्दी, २२/२३ वर्ष उमेरकि उनको रुप देखेर त्यस गाउँको मात्र होइनन छेउछाउका सात गाउँका केटाहरुले उनलाई आँखामा बसाएको हुन्छ तर क्यापटेनको छोरि फौजि रवाफमा हुर्केकी सिम्मालाई तर कसैले पनि आँट भने गर्न सक्दैनन । सिम्मा त्यहि भिर पाखामा रमाउने, बगानको कमानिहरुसँग गित गाउँदै, आफनो प्रेमिल बैशालु जोवन विताईरहेकी हुन्छीन् । सिम्मा


Omnivore Talk · 0
Open discussion: start a topic or reply to other Omnivores. Scores and full reviews live under Reviews.
No discussions yet. Start one.