
Lajjawati
Original title: लज्जावती
2026RomanticSocial2h 13m
Directed by Raj Bahadur Sane
हेमन्त र लज्जावती लामो समयदेखि प्रेममा छन्। डाक्टर पढीरहेका हेमन्त अष्ट्रेलिया जान्छन् । लज्जावती काठ्माण्डौमै पढीरहेकी छिन्। भौतीक दुरी टाढा भएपनि अपार माया दुवै जनामा गाढा छ। दुवैले आफ्नो करियरमा फोकस गरीरहेका छन् र एक अर्काप्रति बफादार पनि छन् । समय बित्दै जान्छ । लज्जावती डक्टर हो। उ अस्पताल जाने आउने बेला अटो चढ्ने गर्छ। लज्जावतीले धेरैजसो चढ्ने एक अटो ड्राइभरले लज्जावतीलाई प्रेम प्रस्ताव राख्छ । तर लज्जावतीले वेवास्ता गरिदिन्छे । केही समय बितेपछि विबाह गर्नको लागी उनका परिवारले दवाव दिन्छन् । केटा हेर्न बाल्छन् । तर लज्जावतीले विहे गर्न अस्वीकार गर्छ। लज्जावतीका दाई भाउजुले कित हामीले भनेको केटासंग विहे गर कि त आफ्नै प्रेमी छ भने हामीलाई भन भनेर दवाव दिन्छन् । दाई भाउजुको दवावमा परेर लज्जावतीले बटो चालकसंग देखावटी प्रेमी बन्न सल्लाह गर्ने र दाई भाउजुलाई अटो चालक आफ्नो प्रेमी हो भनी चिनाउछे । र काठ्माण्डौमा उनीहरु संगै बस्न थाल्छन् । संगै बसेपनि उनीहरु आ आफ्नो काममा ध्यान दिन्छन् । एक अर्कालाई बाधा दिदैनन् । समय वित्तै जान्छ। एक दिन हेमन्तकी फुपुले लज्जावतीलाई बटो चालकसंग देख्छे समय वित्दै जाँदा अटो चालकसंग लज्जावतीको राम्रो सम्बन्ध विकास भइरहेको हुन्छ। उनीहरु एक अर्काका खास साथी भइसकेका हुन्छन्। समय २ वर्ष पुग्छ। अव हेमन्त फर्कीन्छ । लज्जावतीसंग विवाहा गर्नको लागी मण्डपमा भएको बेला सिन्दुर हाल्ने बेलामा हेमन्तको फुपुले रोक्छे। लज्जावती अटो चालकसंग काठ्माण्डौमा संगै बस्ने गरेको र उनीहरु श्रीमान श्रीमती भएको दावी गर्छ। फुपुको कुराले हेमन्तलाई ठेस पुग्छ र लज्जावतीलाई धोकेवाज भन्दै तिरस्कार गर्छ । लज्जावतीले सम्झाउन खोज्दा हेमन्तका आफन्त सबैले बेइज्जत गर्छन् । लज्जावतीलाई हेमन्तले झापड हान्छ । लज्जावतीले पनि हेमन्तलाई झापड हान्छे र तिम्रा लागी मैले यत्रो त्याग गरे तर तिमि अबुझ निस्क्यौ, तिमि भन्दा त्यही अटो चालक नै ठिक थियो भनेर हेमन्तको पटुकामा बाघेको खुकुरी खोसेर मर्न खोज्छे त्यही बेला अटो चालक आइपुग्छ र लज्जावतीलाई मर्नबाट बचाउँछ। उनिहरुको मिलन हुन्छ ।
Production
Production
- Status
- Not recorded
- Studio
- Production companies
- Tulsidevi Films
- Countries
- NP
- Languages
- NE
Release
- Release date
- 14 August 2026

