Skip to content
BETA 1.0
Sign in
Jaari 2
Movie

Jaari 2

Original title: जारी-२

2025RomanticSocial2h 7m

Directed by Upendra Subba

लिम्बूहरूमा बिहे गरेर गएको छोरीचेली हरुलाई मैतालु माग्न आएमा दिने चलन छ । जब बिहे भएको केटासँग गरी खान सक्छु भन्ने विश्वारा हुन्छ, लिम्बूनी छोरीचेली मैतालु माग्न मैतीमा आउँछन । र मैतीहरूले पनि आफ्‌नो हैसियत अनुसार चेलीलाई गरिखान सहयोग पुग्ने गरी मैतालु दिने चलन छ । मैतालु छोरीचेलीलाई घरसम्मै पुराई लिने चलन छ । हाडमा र नामसाडको छोरी निसाम वर्षकी भइन। अब नामसाङसँग घरजम पक्का हुन्छ भन्ने बिस्वास पछि हाङमा मैतालु माग्न जान्छे। मैतीहरूले पनि चेलीको मन बुझनेगरी मैतालु दिन्छन । मैतालु पुराउन बरख्योज लावालस्कर लिएर आउँछ । बरुवोज नामसाङलाई एउटा बज्ने च्याबुरु धनि उपहार ल्याइदिन्छ। र भेनालाई च्याब्रुङ नाच्न पनि सिकाउँछ। च्याबुङ बजाउन नाच्न जाने यष्ठि नामसाङ अत्यन्त रोमान्चित हुन्छ । लसिकी बिहे नुमासंग छिनेको हुन्छ। बिहेको अघिल्लो दिन नुमा बरुध्वोजसँग भाग्छे । बाध्यतामा मगलसिले मनमायासँग बिहे गर्छ। मनमायाको एउटा आँखा फुलो परेका छ । बाध्यतामा खोटी बिहे गर्नु परेकाले मंगलसि दुखी छ। नामसाङ भने रमाउँदै मच्ची मच्ची च्याब्रुङ नाच्दैछ । लोकन्दी आएकी माक्सोतीसँग नामसाङ च्याब्रुङ नाच्छ, पालम गाउँछ। मान्सोतीको पालमको जवाफ भने नामसाङलाई आउँदैन । बिहे सकिन्छ, लोकन्दीहरू फर्किन्छन। नामसाङको दिमागबाट भने माक्सोती हटदैन। यसो भनौ नामसाङ माक्सोतीको सौन्दर्यमा मोहित हुन्छ । छ । नामसाहले डाडमासँग पालम सिक्छ, र एउटा बिहेमा माक्सोतीको पालमको जवाफ फर्काउँछ । त्यी रातभर पालम गाउँछन। फुलमा माया होइन जीउ माया लाउने सम्मको पालम गाउँछन । रातभरको अनिन्दो, थकानमा घर फर्किन्दै गरेको नामसाङको अचानक जम्काभेट नेपाली सेनासँग हुन्छ । सेनाले एक जना महिलालाई पढेर राखेको हुन्छ । सेनाले नामसाङलाई रोकेर खनतलासी गर्त । च्याब्रुङ हेर्छन । च्याब्रुङ गहुँगी भएकाले सेनाले हतियार लुकाएर बोकेको छ भन्ने शंकामा बाबुङ व्यातेर हेर्छन । नामसाङको साथमा केही नभेटे पनि सेनाले छोड्छ । च्याबुङ च्यातेकोमा दुखी भएर घर पुगेको नामसाङ हाङमासँग झगडा गर्न पुग्छ। रित्तमा नामसाउले हाङमालाई एक झापट लाउँछ । एक कान दुइ कान हुँदै जोइ पोइको सामान्य घरझगडा बडेर हाडमालाई नामसाङले कुट्‌यो । हाङमा थलै परेको छ भन्ने कुरा बरध्वोजे सुन्छ। दिदीलाई भेनाले फेरी पनि हिंसा गरेको सुनेर बरायोजे गाउँले साथी भाई जम्मा पारेर नामसाङको घर आउँछ र चेलीलाई दिएको सब मै

Media