Gunyo Cholo
Original title: गुन्यू चोलो
2025RomanticSocial2h 9m
Directed by Samudra Bhatt
देव थापा, शारीरिक रुपमा छोरा भै जन्मे पनि उ पुर्णतया छोराको रुपमा बाच्न चाहदैन्, घरमा महिलाहरुको संख्या धेरै छ जन्म दिने आमा र तिन दिदीहरु बीच हुर्केको देवलाई सानै देखि केटीहरुको चीजविज प्रति आकर्षण छ, आफु केटि नभई केटा भएकोमा उपसीच छ, रहर छ, रहर त देवको बाउ कुलबहादुरको पनि छ बल्ल बल्ल बुढेसकालमा भए पनि तिन छोरी पछि जन्मेको एक मात्र छोरालाई आफू जस्तै आर्मीमा भर्ति भाको देख्न पाउने, गाउका अरु तन्नेरी ठिटाहरुलाई आमर्मीको ट्रेनिङ्ग गराए जस्तै उ छोरालाई पनि ट्रेनिङ्ग दिने सपना छ, घरमा छोरा जन्मेपछि कुल बहादुरको खुशीको सिमा नै हुदैन्, हरेक दिन छोरालाई आर्मी कसरी बनाउने सपना देख्छ तर उसको त्यो सपना सिर्फ सपना मात्र सिमीत रहन बाध्य हुन्छ, निरन्तरको आर्मी परिक्षामा देव असफल हुन्छ, असफल हुनुमा कुल वहादुर आफ्नो बुढी र छोरीहरुलाई दोष दिन्छ वास्तबमा दोष त केवल नियतीको छोराको रुपमा छोरीको गुण भई जन्म लिएकोमा त्यो भन्दा पनि दोष यो समाजमा एक तेस्रो लिङ्गी भई बाच्नुमा देव तेस्रो लिङ्गी हो भन्ने कुरा उसको आमा बाउ छरछिमेक हुदै पूरै गाउँलाई थाहा हुन्छ, गाउँमा बस्ने बाताबरण नभएपछि, शहर तिर छिर्छ, शहरमा आफू जस्तो थुप्रै अरु साथीहरु भेट्छ, शहरमा पनि आफूले सोचेजस्तो भने हुदैन्, गाउँ या शहर मान्छे त तिनै हुन्, समाज पनि तेई न हो, उसलाई नजर पनि उही हो, उ फर्केर गाउँ पनि जान सक्दैन्, संघर्षको यात्रा सुरु गर्छ, हरेक दिन हरेक पल संर्घष, संर्घष काठमाडौँ सहरमा बसेर पेट पाल्नुको मान्छेको भीडमा बसर आफू पनि एक मान्छे नै हो, मलाई पनि मान्छेको जस्तै व्यवहार गर भन्दै प्रमाण्डित गर्नुको, आफूलाई समाजले अपनाउने आशा छ, भरोसा तर त्यती सजिलो भने हुने छैन्, आफ्नो जिन्दगीको बाटोमा एक्लै हिड्छ तर कहाँ सम्म पुग्छ, उ आफैलाई पनि थाहा छैन् ।

