Ek Mutthi Badal
Original title: एक मुठ्ठी बादल
2026RomanticSocial2h 0m
Directed by Shahara Sharma
बाहिरी दुनियाँले नेपाललाई विपन्नता र गृहयुद्धको इतिहास बोकेको देश भनेर चिनेता पनि, यस देशका गल्लीहरु, सहरहरू, र राजधानी, काठमाडौँले अर्कै कथा सुनाउँछ। यी सबैले नयाँ नेपालको कथा सुनाउँछ। युद्ध पछिको युग, र वर्तमान नेपालको पर्यायवाची शब्द हो "नयाँ नेपाल"। यस युगमा आक्रामक पूँजीवादी र प्रतिस्पर्धात्मक मध्य वर्गीय नेपाली परिवारहरूको जन्म भएको हो। यो कथा त्यही परिवारको हो। यो मध्यम वर्गीय परिवारको प्रमुखमा आमा छिन्। आमाको नेतृत्वमा परिवार बल्ल बल्ल एक ठाउँमा जम्मा हुन सकेको छ- माइलीको कुरा छिन्ने उत्सवको पूर्व सन्ध्यामा। तर परिवारका सबै जना सदस्यहरु- बाबा, जेठी, छोरा, ज्वाइँ, माइली, फुप्पू भिनाजु सबै आफ्ना कुण्ठाहरु लुकाउन सङ्घर्ष गर्दै छन्। विगतका आघातहरू र सामाजिक अपेक्षाहरु अन्तर्गत रात छिप्पिदै जान्छ। सामान्य जस्तो देखिने मामिलाहरुमा पनि लैङ्गिक र सांस्कृतिक भूमिका रहेको देखिदै जान्छ । माइली विदेशमा शिक्षित आधुनिक महिला हुन्। तर उनी कसैको घरको बुहारीको रुपमा चिनिन तैयार छैनन्। पितृ सत्ताले गहिरो जरा गाडेको यो प्रथाको माइली विरोध गर्छिन्। आमाले भने गरिबीको प्रकोप भोगेको हुनाले, सामाजिक पूँजीको लागि, माइलीको जीवन लाई लिएर कुनै पनि सम्झौता गर्न तैयार भएको बताउनु हुन्छ। आमाको जेठो ज्वाइँ अमेरिकामा जातीय भेदभावका कारण एक प्रतिष्ठित पदोन्नति हुनुबाट वञ्चित हुन्छन्। आमाको छोरा भने प्रहरी हिरासतमा पर्छन्। आमाले वर्षों देखि बनाई रहेको सामाजिक पूँजी भत्किने डर देख थाल्छिन्। राती भरीमा परिवार एक अर्काको कुण्ठाको सामना गर्न बाध्य हुन्छन्। सबै भित्र रहेको मन भित्रको गहिरो रहस्यहरु प्रकट हुन्छ। परिवारका सदस्यहरू सबैले आफ्नों अपेक्षित भूमिका र व्यक्तित्वको बिचमा रही आफ्नो पहिचान बुझ्न सङ्घर्ष गर्दै, खलबली छाउँछ। यही पहिचानको खोजाईको कथा हो एक मुट्ठी बादल। के सबै परिवारका सदस्यहरूले आ-आफ्नो भागको एक मुट्ठी बादल पाउलान् त?


Omnivore Talk · 0
Open discussion: start a topic or reply to other Omnivores. Scores and full reviews live under Reviews.
No discussions yet. Start one.