
Barista Balaramm
Original title: वरिष्ठ बलराम
2025Social2h 37m
Directed by Surendra Paudel
बाढी पहिरोले घरवाससँगै परिवारका सबै सदस्य बगाएर वेपत्ता पारेपछि ११ वर्षको उमेरमा बलराम उपाध्याय मधेश (नवलपुर) झरेको हो । नवलपुर झरेर अलपत्र परेको फुच्चे बलरामलाई भगवान कार्कीको ट्याक्टर चलाउने जुठे साइँलो (रनवहादुर मगर)ले भेट्छ । सन्तान नभएको जुठे साइँलाले बलरामलाई छोरो बनाएर पाल्छ । पढाउन खोज्छ । तर पनि बलरामले पढ्दैन । जुठे साइँलासँग ट्याक्टरमा गिट्टी बालुवा ओसार्ने काममा लाग्छ । काम गर्ने सिलसिलामा एकदिन भगवान कार्कीसँग फुच्चे बलरामको अन्जानवश भनाभन हुन्छ । बलरामले आफू ठूलो भएपछि भगवान कार्कीभन्दा वरिष्ठ भएर देखाइदिने भन्दै ईबी राख्छ । यही कारणले भगवान कार्कीले बलरामलाई कुट्छ । आफूलाई कुटेको ईख बलरामको मनमा गड्छ । बलरामले सानैदेखि काममा यसरी मेहनत गर्छ कि, ऊ ३५ वर्षको हुँदा उसको सम्पत्ति स्थानीय भगवान कार्कीको भन्दा पनि धेरै भइसक्छ । नवलपुर एरियाको ढुङ्गा, गिट्टी, बालुवाको व्यापारबाट बलरामले भगवान कार्कीलाई विस्थापित नै गर्छ । तर भगवान कार्की स्थानीय नेता भएर गाउँमा स्थापित बसेको छ । नव धनाढ्य भएकोले बलरामलाई पहिलैदेखि सम्पन्न मान्छेहरुले खासै गन्दैनन् । तर उसको संघर्ष गाउँमा वरिष्ठ भएर स्थापित हुने नै छ । त्यसैले पनि गिट्टी बालुवा चालेर, ढुङ्गा फोडेर गुजारा गर्ने मजदुरका बच्चाहरुलाई उसले स्कुल खोलेर पढाएको छ । अरु सामाजिक कामहरु पनि गरेको छ । यसैक्रममा अमेरिकामा इन्भाइरोमेन्ट साइन्सको पढाई सकाएर भगवान कार्कीकी भतिजी रुजा कार्की फर्कन्छे । आफ्नै गाउँ ठाउँको वातावरणमा राम्रो काम गर्ने उद्देश्य राखेर रुजा फर्कन्छे । गाउँमा आएर रुजाले काम गर्दा उसको भेट बलरामसँग हुन्छ । अविवाहित बलरामलाई रुजा मन पर्छ । बलराम आफू, बाउ जुठे साइँलो, आमा, मामा र अरु केटाहरुलाई लिएर भव्यताका साथ भगवान कार्कीको घरमा नै रुजालाई माग्न जान्छ । आफ्नो घरमा खलाँसी बसेको केटो धनले अनमत्त भएर आफ्नै भतिजी माग्न आउँदा भगवान कार्कीको मनमा चोट पर्छ । उसले तथानाम गाली गरेर बलराम र जुठे साइँलोलाई घरबाट लघार्छ । आफ्नो पुराना कुरालाई निकालेर अपमानित गरेकोले बलरामको मनमा ठूलो चोट पर्छ । त्यसपछि बलरामले भगवान कार्कीको समाजमा भएको स्टाटसलाई तल झारेर आफू त्यो स्टाटसमा पुग्नको लागि अनेक संघर्ष गर्छ । र, एकदिन बलरामले भगवान कार्कीलाई विस्थापित गरेर आफू भगवान कार्कीको ठाउँमा स्थापित हुन्छ, अनि रुजाको मन जितेर उ




