Balidan
Original title: बलिदान
2025RomanticActionFamily2h 4m
Directed by Santosh Sen
कथा नेपालको तराई क्षेत्रमा बसोबास गर्ने राज्यको मूल अधिकारबाट वञ्चित हुन पुगेका या किनारिएका जाति जस्लाई मिल्ला नाम दिइएको ले आफ्नो हक अधिकारको सवैधानिक सरक्षणका लागि गरेको आन्दोलन र त्यस आन्दोलनको आडमा गलत उददेश्य पूर्ति गर्न हिंसात्मक गतिविधि गर्ने समूहले उब्जाएको विसंगति र त्यसले त्यहाँ बस्ने गैरआदिवासी पहाडी खस आर्यको जीवनमा परेको संकटलाई चित्रण गर्ने कथा हो, सहज रुपमा नागरिकता नपाइनु, आफूलाई हेर्ने दृष्टि अपमानजनक तथा विभेदकारी हुनु तथा राज्यको शक्ति, सत्ता र पदमा पहुँच नहुनुजस्ता कारण भिल्लाहरु ठाउँठाउँमा आफ्नो अधिकारका लागि अन्तिम लडाई गर्न तयार भएका छन्, भिल्ला मुक्ति महाअभियान गठन गरी उनीहरु हड्ताल, नाराबाजी र वृहत आन्दोलन गर्छन् तर शान्तिपूर्ण आन्दोलनमा विबोल्ने ससाना परिचालित अराजक समूहदबारा पहाडीको घर घेर्ने तथा उनीहरुलाई लखेट्ने काम पनि हुन्छ । अभय र उसको परिवार पनि गैरआदिवासी पहाडीको रुपमा त्यस क्षेत्रमा बसोबास गर्दै आएको हुन्छ र आन्दोलनको हिंसात्मक चपेटामा परी त्यहाँबाट उठीबास हुने मात्र होइन उसका बुबाको पनि मृत्यु हुन्छ । आफूलाई मन पराउने भिल्ला केटीलाई समेत आफूबाट अलग्याएपछि अभयमा भिल्ला समाजप्रति प्रतिरोध र बदलाको भावना पैदा हुन्छ । अभय भिल्लाविरोधि गतिविधि गर्ने सशस्त्र पहाडी संगठनमा जोडिएर बुबाको हत्या बदला लिने र केटीलाई प्राप्त गर्ने उद्देश्य सफल पार्न अघि बढ्छ । आन्दोलनलाई विवोल्ने कार्यमा अग्रसर हुँदा उसको हातबाट एउटा भिल्लाको बच्चा घाइते भएपछि उसमा अपराधबोध हुन थाल्छ र बच्चालाई आन्दोलनको बीचबाट उठाएर हडतालका कारण उत्पन्न अभावको सामना गर्दै बच्चाकोअस्पतालमा उपचार गराउन सफल हुन्छ र बच्चालाई उसको घरमा पुर्याउछ, बच्चाको घरमा हुँदा उसले राहत वितरणको लोभमा मिल्लाहरुको धर्म परिवर्तन गराउँदै हिड्ने समूहलाई देख्छ र पछि यो समूह आफ्नै समूहका नाइकेसँग साँठगाँठ रहेको पाउँछ । आफू जोडिएको विपक्षी समूह पनि विदेशीबाट परिचालित आन्दोलन बियोल्ने कार्यमा लागेको पाएपछि अभय यी सबका पछाडि कसको हात छ भन्ने अनुसन्धान गर्न चाल्छ, उसले के पाउँछ भने आन्दोलनलाई बिचोल्ने पक्ष र विपक्षका दुवै समूहलाई एक विदेशी मानवधिकार संस्थाको प्रमुखले नै परिचालित गरिरहेको छ, यसवीच बुवाको हत्यारा पनि यसैबाट संचालित भैरहेको पाउछ र अभयले मौकामा उसको हत्या गरिदिन्छ, अव अभय आन्दोलनलाई वियो

